`

संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा चयन

Nepal One HD २० भदौ २०८२ १८:११
नेपाली कांग्रेस

काठमाडौँ, २० भदौ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन हुनुभएको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुनुहुन्छ ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले समर्थन जनाउनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

केही समयअघिसम्म उहाँ राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा हुनुहुन्थ्यो । सवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उहाँले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *