`

आवश्यक परे रूसमाथि थप प्रतिबन्ध लगाइनेछ : ट्रम्प

Nepal One HD २३ भदौ २०८२ १७:५६
विश्व

युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासहरू ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागु गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् ।

ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै,“हो, म तयार छु,” भने । यद्यपि, उनले प्रतिबन्धको स्वरूपका बारेमा थप विवरण दिएका छैनन् ।

गत साता एक प्रतिष्ठित समाचार संस्थाले राष्ट्रपतिको कार्यालयमा कार्यरत दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, राष्ट्रपति ट्रम्प हाल रूस र युक्रेनबीचको द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनामा आशावादी देखिँए का छैन । साथै, उनले दुबै राष्ट्रका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गरेका छन् ।

उक्त परिस्थितिका बीच, आइतबार बिहान रूसी पक्षबाट युक्रेनको राजधानी किएभमा गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सरकारी क्षेत्रभित्रको एक महत्वपूर्ण प्रशासनिक भवनमा क्षति पुगेको जनाइएको छ ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिदेन्कोले उक्त आक्रमण युद्ध सुरु भएयता पहिलो पटक राजधानी किएभको मुख्य सरकारी भवनमा क्षति पुगेको बताए ।
ह्वाइट हाउसले घटनालाई गम्भीर रूपमा लिँदै, आवश्यक परे थप निर्णायक कदम चाल्न सकिने सङ्केत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *