आन्दोलनकारीद्वारा प्रचण्ड निवासमा तोडफोड, प्रहरी बिटमा आगजनी


काठामाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन झन उग्र बनेको छ । कफ्र्यूका बाबजुद प्रदर्शनकारीहरु नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् । यसैक्रममा एक समूह माओवादी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास जाने सडकमा स्थानीय प्रदर्शनकारीले प्रहरी बिट भत्काएका छन् । मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका हुन् ।
जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएपछि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । युवाहरूले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
काठमाडौंको कलंकी, बानेश्वर लगायत स्थानमा प्रदर्शन भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरले कफ्र्यू आदेश समेत जारी गरेको छ ।