प्रधानमन्त्रीले दिए राजीनामा

बिशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।
हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् । गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए । उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए । २ दिनको प्रदर्शनमा कम्तीमा २ जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ । संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन् । भैँसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थान सारिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया