सर्वोच्च अदालतमा जोगिएका मुद्धाका फाइलहरु, सुरक्षित स्थान तर्फ सारिदै

प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतको आगजनी पछि जोगिए मुद्धाका फाइलहरु सुरक्षित स्थान तर्फ सारिदै छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर, आज (बुधबार) बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो ।
जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ । मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट