`

आन्दोलनबाट भएको फोहर सफा गर्दै दमौलीका युवा

Nepal One HD २५ भदौ २०८२ १६:०१
प्रमुख खबर

दमौली । दमौलीका युवा फोहरमैला सरसफाइमा जुटेका छन् । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा जलाएर फोहर भएका सरकारी कार्यालयसहित क्षेत्रमा युवा सरसफाइका लागि खटिएका हुन् ।

सामाजिक अभियान्ता सुदीप गफ्फारले भ्रष्टाचार विरुद्धको प्रदर्शन युवाको नेतृत्वमा भएको भन्दै नगरलाई सफा राख्ने दायित्व पनि युवाको भएको बताए। सरसफाइमा दमौलीका युवाका साथै टोलवासीको पनि सहभागिता छ ।

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ अदालत, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, व्यास नगरपालिकामा आगजनी र तोडफोड गरिएको थियो ।

तनहुँ अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगन

तनहुँ जिल्ला अदालतले मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । मङ्गलबार भएको प्रदर्शनका क्रममा अदालतमा रहेका मिसिल, कार्यकक्ष, कम्प्युटरलगायत सबै संरचना जलेर पूर्ण रूपमा नष्ट भएकाले सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको जिल्ला अदालतले जनाएको छ ।

अदालतले आज एक सूचना जारी गरी कार्यालय सञ्चालन गर्न असहज परिस्थिति सिर्जना हुन आएकाले आजका लागि तोकिएका मुद्धाका पेशी स्थगित गरिएको, तारेख तोकिएका मुद्दाका तारेख नगुज्रिने, भोलिदेखिको पेशीमा चढेका तथा अन्य मुद्दाहरुको हकमा सुनुवाइ अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *