डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

समाज

डडेल्धुरा, २५ भदौ : डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
भागेका बाँकी कैदीबन्दीहरु खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिनुभयो । यहाँको कारागारमा १२७ जना कैदीबन्दी थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट