`

धनुषामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

Nepal One HD २६ भदौ २०८२ २०:३१
समाज

जनकपुरधाम, २६ भदौः जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरधामले अर्को आदेश नभएसम्म आज साँझ ६ बजेदेखि भोलि २७ गते बिहान ६ बजेसम्मका लागि धनुषा जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको दफा ६को उपदफा (३ क), (६ क) र (६ ख) बमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी गरेको सो कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

कर्फ्यु आदेश जारी रहेसम्म कुनै प्रकारको प्रदर्शन, भेला, जुलुस, सभा, सम्मेलन, बैठक तथा घेराउ गर्न नपाउने सूचनामा जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । यसअघि आज बिहान ११ बजेदेखि आज साँझ ५ बजेसम्म धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी भएको सूचनामा जनाइएको छ । साथै जिल्लामा शान्तिसुरक्षा कायम गर्न नेपाली सेना परिचालन भइरहेको सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *