`

डिमेन्सिया ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै, महिलामा बढी असर

Nepal One HD २७ भदौ २०८२ १५:४०
विश्व

अष्ट्रेलियामा,डिमेन्सिया, रोगले ग्रसित हुने मानिसहरूको संख्या आगामी वर्षहरूमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। डिमेन्सिया भनेको यस्तो मानसिक अवस्था हो, जसमा व्यक्तिको सम्झना, सोच्न, निर्णय लिन र व्यवहारमा समस्या आउँछ र दैनिक जीवनमा असर पर्ने गरी मानसिक क्षमता घट्छ। डिमेन्सिया कुनै एकल रोग नभएर विभिन्न रोगहरूको समूह हो, जसमा अल्जाइमर, भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया जस्ता प्रकारहरू पर्दछन्।

सरकारको एक रिपोर्ट अनुसार, २०६५ सम्म लगभग एक करोड १० हजार मानिसहरू डिमेन्सियाबाट प्रभावित हुने अनुमान गरिएको छ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले अद्यावधिक गरेको ‘डिमेन्सिया इन अष्ट्रेलिया’ रिपोर्टमा यो तथ्य उल्लेख गरिएको छ । यो संख्या २०२४ मा करिब ४ लाख २५ हजारबाट २०६५ सम्म दोब्बरभन्दा बढी बढ्ने सम्भावना छ।

हाल डिमेन्सियाबाट महिलाहरू पुरुषहरूभन्दा बढी प्रभावित छन्। रिपोर्टअनुसार, २०२४ मा २ लाख ६६ हजार महिला र १ लाख ५९ हजार पुरुष डिमेन्सियाबाट पीडित छन्, जुन संख्या २०६५ सम्म क्रमशः ६ लाख ६२ हजार महिला र ३ लाख ९० हजार पुरुष पुग्ने अनुमान गरिएको छ।

डिमेन्सिया २०२३ मा अष्ट्रेलियामा मृत्युको प्रमुख कारण रह्यो, जसले करिब १७ हजार ४०० जनाको ज्यान लिएको छ। यसमा १० हजार ९०० महिला र ६ हजार ५०० पुरुष रहेका छन्। रिपोर्टमा अल्जाइमर रोग, भास्कुलर डिमेन्सिया, अस्पष्ट डिमेन्सिया र लेवी बडी डिमेन्सिया जस्ता विभिन्न प्रकारका डिमेन्सिया समावेश गरिएको छ।

डिमेन्सिया अष्ट्रेलियाका सीईओ तान्या बुकेननले भने, “यो रिपोर्टले डिमेन्सियाले अष्ट्रेलियाली परिवारहरूमा पार्ने गहिरो प्रभावलाई प्रष्ट रूपमा उजागर गरेको छ।”

रिपोर्टले डिमेन्सियाका मुख्य हेरचाह गर्नेहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको देखाएको छ । २०२२ मा करिब ४२ प्रतिशत प्राथमिक हेरचाहकर्ताहरूले हप्तामा कम्तीमा ६० घण्टा हेरचाह पुर्‍याइरहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *