पाकिस्तानी पूर्वप्रधानमन्त्री खान र उहाँकी धर्मपत्नीको सजाय निलम्बनका लागि परेको आवेदन स्वीकार


इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १९ करोड पाउन्ड बराबरको भ्रष्टाचारको मुद्दामा सजाय निलम्बनको माग गर्दै दायर गरिएको याचिका बिहीबार स्वीकार गरेको छ ।
ऋदालतले संघीय निकायहरूलाई उनीविरुद्ध दर्ता भएका सबै मुद्दाहरूको नयाँ रिपोर्ट पेश गर्न निर्देशन दिएको छ।
मुख्य न्यायाधीश सरदार मोहम्मद सरफराज डोगर र न्यायाधीश मोहम्मद आजम खानको संयुक्त इजलासले दम्पतीको सजाय निलम्बनको निवेदनमाथि छिटो सुनुवाइ गर्ने अनुनयलाई स्वीकृत गरेको हो ।
इमरानका वकिल ब्यारिस्टर सलमान सफदरले अदालतमा भन्नुभयो,“राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले पटक–पटक ढिलाइ गरेका कारण सुनुवाईका लागि पाँच वटा मिति तय गरेपनि याचिकामाथि सुनुवाई हुन सकेको थिएन।”
“कहिले ब्यूरोले अभियोजक नियुक्त नगर्ने गरेको र कहिले थप समय माग्ने गरेको थियो,” ब्यारिस्टरले भन्नुभयो ।
“इमरान र उहाँकी श्रीमतीले कहिल्यै पनि स्वास्थ्यको आधारमा राहत मागेका थिएनन्, तर बीबी अहिले बिरामी हुनुहुन्छ,” उहाँले भन्नुभयो।
अन्य सबै मुद्दाहरूमा खान दम्पतीलाई निर्दोष ठहराइएको वा जमानत दिइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “निवेदनमा ‘न्यायको आवश्यकताहरू पूरा गर्न’ ढिलाइ नगरी आवेदनहरूको निर्णय गर्न अनुरोध गरिएको छ।”
प्रधानन्यायाधीश डोगरले अदालतले मुद्दाको टुङ्गो लगाउन कार्यालयलाई निर्देशन दिइसकेको र प्रतिवेदन आह्वान गर्ने आश्वासन दिएको छ। त्यसपछि बेन्चले सजायँ निलम्बनको याचिकालाई प्रारम्भिक सुनुवाइको लागि निर्धारित गर्न आदेश दिएको छ ।
एक छुट्टै सुनुवाइमा न्यायाधीश मोहम्मद आजम खानले इमरानले आफूविरुद्ध परेका सबै मुद्दाहरूको पूर्ण सूची माग गर्दै दायर गरेको याचिकाको सुनुवाइ गर्नुभएको छ ।
खानका वकीलले सलमानले अदालतमा आफ्ना सेवाग्राहीविरुद्ध विगत दुई वर्षमा १२७ मुद्दा दायर गरिएको बताउनुभएको छ । उनीहरूको स्थितिमा स्पष्टता आवश्यक छ।
उहाँले राजनीतिक रूपमा संवेदनशील मुद्दाहरूमा नजिर देखाउँदै बृहत् इजलास गठन गर्न अनुरोध गर्नुभयो ।
“एनएबी र संघीय अनुसन्धान निकाय (एफआईए) ले दुई वर्ष पहिले यो याचिका दायर गरेपछि पनि सूचना जारी गरिरहेका छन्। कुनै पनि सुधारको सट्टा, मुद्दाहरूको संख्या बढेको छ,“ उहाँले तर्क गर्नुभयो । यो कार्यलाई उहाँले ‘राजनीतिक रूपमा प्रेरित’ र असंवैधानिक भन्नुभयो।