`

जापानी प्रधानमन्त्री इशिबाले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियाको भ्रमण गर्ने

Nepal One HD २७ भदौ २०८२ २२:२९
विश्व

जापानका प्रधानमन्त्री शिगेरु इशिबा दक्षिण कोरियामा आगामी महिनाको अन्त्यतिर राष्ट्रपति ली जे म्युङबीच शिखर वार्ता गर्न सियोलको भ्रमण गर्ने हुनुभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
फुजी न्यूज नेटवर्कका अनुसार प्रधानमन्त्री इशिबाले सेप्टेम्बर ३० देखि दुई दिने दक्षिण कोरिया भ्रमणको तयारी गर्नुभएको हो ।

क्योदो न्यूजका अनुसार उनको परिकल्पना गरिएको भ्रमण दुई देशका नेताहरूको ‘नियमित पारस्परिक भ्रमण’ को हिस्सा हुनेछ।

ली र इशिबाले अन्तिम पटक अगस्टमा भेट गरेका थिए, जब उनीहरूले ‘मध्यस्थ कूटनीति“ मार्फत द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेका थिए।

आइतबार इशिबाले घरेलु राजनीतिक सङ्कटका बीच राजीनामा दिने घोषणा गर्नुभएको थियो । जापानले आगामी अक्टोबरमा नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *