ट्रम्पद्वारा कतारका प्रधानमन्त्रीसँग शान्ति वार्ता गर्ने तयारी


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग आगामी शुक्रबार न्यूयोर्कमा भेटवार्ता गर्ने तयारी गरेका छन्। यो बैठक हालै दोहामा हमासका नेताहरूमाथि आक्रमण गरेको घटनापछि निर्धारित भएको हो। स्थानीय सञ्चारमाध्यमहरूको अनुसार, ट्रम्पका विशेष दूत स्टिभ विटकोफ पनि यस भेटमा सहभागी हुनेछन्।
सूत्रहरूका अनुसार, ट्रम्पका विशेष दूत स्टिभ विटकोफ पनि उक्त बैठकमा सहभागी हुनेछन्।
कतारी प्रधानमन्त्रीले ह्वाइट हाउसमा अमेरिकी उपराष्ट्रपति जे.डी. भ्यान्स र विदेशमन्त्री मार्को रुबियोसँग लगभग एक घण्टा लामो शिष्टकुराकानी गरेपछि न्यूयोर्कका लागि प्रस्थान गरेका एनबीसी न्यूजले जनाएका छन्।
ह्वाइट हाउसमा भएको बैठकलाई धेरै सकारात्मकु रूपमा मूल्याङ्कन गरिएको छ, जहाँ दुवै पक्षले मध्यपूर्वमा शान्ति स्थापनामा कतारको योगदान र दुई देश बीचको रक्षा सहकार्य सम्झौतासम्बन्धी विचार विमर्श गरेका थिए।
कतारी प्रधानमन्त्रीको अमेरिका भ्रमण इजरायली आक्रमणपछि कतारले आह्वान गरेको आपतकालीन अरब शिखर सम्मेलनको केही दिन अघि भएको हो।
ट्रम्पले मंगलबार उक्त आक्रमणको घटनास्थलको बारेमा दुःख व्यक्त गर्दै कतारी नेताहरूसँग टेलिफोन वार्तामा यस्ता घटनाहरू भविष्यमा कतारको भूमिमा पुनः नदोहरिने आश्वासन दिनुभएका थिए।
कतारले इजरायललाई शान्ति प्रक्रियामा विघ्न उत्पन्न गर्ने प्रयास गरेको आरोप लगाएको छ, तर शान्तिवार्ता र युद्धविरामका लागि आफ्नो मध्यस्थकर्ताको भूमिकामा कुनै पनि प्रकारको परिवर्तन नगर्ने प्रतिवद्धता जनाएको छ।