`

अब कांग्रेस पुनर्गठन गर्नैपर्छ : राजेन्द्र बजगाईं

Nepal One HD २८ भदौ २०८२ १३:०१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले अब कांग्रेस पुनर्गठन गर्नैपर्ने बताएका छन् । सामाजिक सञ्जालबाट अपिल जारी गर्दै उनले लेखेका छन्, ‘अब कांग्रेसको पुनर्गठन गर्नैपर्छ, तर विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न सक्दैन ।’

नयाँ उदाउन खोजेका पार्टीहरूमा अन्य दलसहित कांग्रेसबाट विकर्षित युवा धेरै भए पनि उनीहरूमा राष्ट्र निर्माणको निश्चित खाका नरहेको उनको टिप्पणी छ । संख्याको बलमा संसदमा हुने गठबन्धन, चुनावमा निहित नेताको क्षेत्रमा दलबाट एक्लै आशीर्वाद प्राप्त गर्नु र पछिल्ला समयमा प्रतिस्पर्धी दलसँग भइरहेको अनैतिक सहकार्यले समर्थकलाई निरन्तर विकर्षित गराईराखेको उनले बताएका छन् । पार्टीले पछिल्लो समयमा भएका सबै गठबन्धनहरू तोड्दै, राष्ट्रनिर्माणको गठबन्धनको नौलो रणनीति आत्मसात गर्नुपर्ने उनको आग्रह छ ।

हेर्नुस् बजगाईंको अपिल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *