महेश बस्नेतको चुनौती : एमाले–कांग्रेसमाथि रिस होइन, हामीले भन्दा राम्रो गरेर देखाऊ

नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीको रिस गरेर हैन पार्टीभन्दा राम्रो गरेर देखाउन नयाँ सरकारलाई चुनौती दिएका छन् । ‘एमाले–कांग्रेसमाथि रिस होइन, हिम्मत छ भने हामीले भन्दा राम्रो गरेर देखाऊ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ ।’
उनले कुराले चिउरा नभिज्ने भन्दै काम गरेर देखाउन चुनौती दिएका हुन् । ‘कुरोले चिउरा भिज्दैन सम्धी,’ उनले लेखेका छन्, ‘चिउरा भिज्न त दही वा दूध चाहिन्छ, नभए पानी भए पनि चल्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट