`

भवन निरीक्षणपछि सभामुखले भने-संसद विघटन नगरी समाधान खोजेको भए हुन्थ्यो

Nepal One HD २ असोज २०८२ १३:०२
राजनीति

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भवनसहित सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज (बिहीबार) आगजनी गरिएको संसद भवन अवलोकनपछि पत्रकारहरू माझ उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई दुखद् दुर्घटना भने ।

उनले पछिल्लो क्षति र हानिबाट उठेर अघि बढ्नुपर्नेमा जोड दिए । संसद विघटन नगरी समस्या खोजेको भएर राम्रो हुने धारणा पनि उनले राखे । पत्रकारको प्रश्नहरूको संक्षिप्त जवाफ दिएका उनले राजनीतिक निकासका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *