`

कांग्रेस कार्य सम्पादन समिति वैठकको निष्कर्ष : संसद विघटन असंवैधानिक

Nepal One HD ३ असोज २०८२ १४:०६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको वैठकले संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।

प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलोपटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो । आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एकपटक भर्चुअल बसेको थियो । सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचारमा छन् । आन्दोलनका क्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पु¥याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *