`

चुनाव तोकिएकै समयमा हुनुपर्छ : शेखर कोइराला

Nepal One HD ४ असोज २०८२ १४:३९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले संविधानलाई धेरै नचलाई निकास खोजेको टिप्पणी गरेका छन् । उनले भने, ‘यस्तो बेलामा सबै कुरा संविधान सम्मत हुँदैन । असंवैधानिक भए पनि भएको संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ । हामीले चुनाव हुन्छ भन्ने विश्वास लिनुपर्छ । फागुन २१ गतेभित्र चुनाव गर्नको लागि सरकारलाई भन्नु पर्छ ।’

उनले सरकारले संविधानलाई टेकेर नै ६ महिनाभित्र चुनावको घोषणा गरेको बताएका छन् । उनले पार्टी पुनर्गठनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए । हिजोको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विशेष या नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसबारे उनले भने, ‘कसले के बोल्नु भयो, कसो बोल्नु भयो सबै थाहा छ तर, केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्न सक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हुनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *