यात्रुबाहक सवारीलाई नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्न दिइने, यस्ता बैठकका निर्णयहरु


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।
मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् ।
मन्त्री घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग (नागढुङ्गा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको छ, ‘दशैंपछि माथि उल्लिखित सवारी साधनहरू प्रवेश गर्न गराउन व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने ।’
मन्त्री घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्र्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिए ।
हेर्नुस् बैठकका निर्णयहरु :