पार्टी रुपान्तरण र पुनर्गठन नगरी टिकाउन सम्भव छैन : गगन थापा (भिडियोसहित)


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको भावना अनुसार पार्टीलाई रुपान्तर र पुनर्गठन गर्नुुपर्ने बताएका छन्। आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै उनले पार्टीलाई पुनर्गठन नगरी चलाउन सकिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।
‘यत्रो उथलपुुथल भएको छ,’ थापाले प्रश्न गरेका छन्, ‘हामीले पार्टीलाई जस्ताको तस्तै राखेर राखेर हुन्छ ? राखेर टिकाउन सक्छौं ? टिकाउने प्रयत्न गर्नु हुन्छ ?’ आन्दोलनमा व्यक्त भएको भावना अनुसार पार्टी हिँड्ने बनाउन सम्भव रहेको समेत उनले दावी गरेका छन् ।
‘यत्रो उथलपुुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बाउनु छ कि छैन ?,’ थापाको जवाफ छ, छ ।’ तर, त्यसका लागि पार्टी रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।
‘पार्टीको रुपान्तरण, पार्टीको पुनर्गठन नगरीकन यो सम्भव छैन,’ थापाले भनेका छन् । उनले जेनजी आन्दोलनमा व्यापक दमन भएको भन्दै यसको छानविन गरी दोषीमाथि सजाय हुनुपर्ने बताएका छन् ।