`

काठमाडौं महानगरले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि एम्बुलेन्स वितरण गर्ने

Nepal One HD ५ असोज २०८२ १९:०९
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ । महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने बारे मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने बताएका छन् ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् – बिगत १ बर्ष देखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२/०६/०७ गते मङलबार बाट सुरु गर्दै छौ।पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दैछौ ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको हो। हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।एम्बुलेन्स वितरणका लागी पालिका छनौट मापदण्ड समेत यही राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *