`

कांग्रेस नेता बजगाईका १२ प्रस्ताव : प्रधानमन्त्रीदेखि पार्टी सभापति सबैमा ‘प्राइमरी इलेक्सन’

Nepal One HD ७ असोज २०८२ १४:४७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले पार्टी रूपान्तरणका लागि १२ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टीलाई लोकतान्त्रिक बनाउँदै लग्नुपर्नेसहितका प्रस्ताव गरेका हुन् । बजगाईले उम्मेदवार छनोट, सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन गरेमात्रै वंशवाद, भागबण्डा र सिन्डिकेट अन्त्य हुने दावी गरेका छन् ।

प्रदेश कमिटी खारेज अनावश्यक तह हटाउने, जिल्ला–केन्द्र प्रत्यक्ष सम्बन्ध सङ्गठनलाई सरल र जबाफदेही बनाउनुपर्ने उनको प्रस्ताव छ । उनले पार्टीको आन्तरिक निर्वाचन चार वर्षमा अनिवार्य हुनुपर्ने, सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिइदिनु पर्ने बताए ।
हेर्नुस नेता बजगाइँका १२ प्रस्ताव–

१. लोकतान्त्रिक पार्टीले के गर्ने ?
प्राइमरी प्रणालीको अवलम्बनः
उम्मेदवार छनोट– सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन ।
मतदाताः
क्लोज्ड प्राइमरी – केवल क्रियाशील सदस्य ।
ओपन प्राइमरी – आम नागरिकलाई सहभागी गराउने ।
नियम – उम्मेदवारले सदस्यता वितरण वा निर्देशन गर्न
सदस्यता वितरण – पूर्णरूपमा अनलाइन डिजिटल प्रणालीमार्फत । तर त्यो Apps अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको हुनुपर्नेछ
उद्देश्य – वंशवाद, भागबन्डा र सिण्डिकेट अन्त्य हुनुपर्नेछ।

२. संगठन संरचना सरलीकरण
प्रदेश कमिटी खारेज अनावश्यक तह हटाउने ।
जिल्ला–केन्द्र प्रत्यक्ष सम्बन्ध संगठनलाई सरल र जवाफदेही बनाउने ।
वडा-नगर इकाई सुदृढ पार्टीको वास्तविक आधार र जनसंपर्क केन्द्र स्थापना ।

३. आन्तरिक निर्वाचन प्रणाली
चार वर्षमा अनिवार्य निर्वाचन।
सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिने हुनुपर्नेछ।
डिजिटल भोटिङ – भ्रष्टाचार, धाँधली र हस्तक्षेप रोक्ने।

४. नीतिगत बहस र थिंक ट्यांक
एयष्अिथ ऋबगअगक निर्माण हुनुपर्नेछ ।
विचारधारात्मक बहसलाई संस्थागत बनाउने ।
प्रमुख नीति – आन्तरिक मतदान र सार्वजनिक बहस अनिवार्य ।

५. पारदर्शिता र जबाफदेहिता
चन्दा-फण्डिङ – पूण रूपमा अनलाइन खातामार्फत सार्वजनिक ।
शून्य सहनशीलता नीति – भ्रष्ट र अपराधीले सदस्यता गुमाउने छ ।
च्भअबिि अधिकार–असफल प्रतिनिधिलाई आम सदस्यले फिर्ता बोलाउने ।

६. समावेशी प्रतिनिधित्व
Youth Quota : ४० वर्ष मुनिका कम्तीमा ५० प्रतिशत ।
Women Quota : न्यूनतम ४० प्रतिशत ।
Diaspora Representation विदेशस्थित नेपालीलाई पनि मतदान अधिकार। तर आन्दोलित Generation बाटै खोज्ने प्रावधान

७. सदस्यता प्रणाली सुधार
डिजिटल एपमार्फत स्वतः सदस्यता नेताले वितरण नगर्ने ।
देशको समग्र प्रणाली विश्वस्तरीय सुरक्षा, liability protection, safeguards पार्टीको विश्वसनीयता प्रधान नीति हुनुपर्नेछ ।

८. बदलिंदो परिस्थितिमा सबै संरचना कार्यसमिति Caretaker हुनुपर्नेछ अनिवार्य छ । सक्रिय कमिटीहरू अस्थायी खारेज तो तदर्थ हुनुपर्नेछ ।

९. सर्वसाधारण मतदान (विशेष व्यवस्था)
कुनै पनि नेपाली नागरिकलाई एक पटक पार्टी नेतृत्व छनोटमा मतदान गर्ने अधिकार । यो पार्टीभित्रका षड्यन्त्रविरुद्ध बाह्य चेक एण्ड ब्यालेन्स अनिवार्य शर्त हो । तर यसलाई क्लोज्ड सदस्यले नियन्त्रण गर्नेछ ।

१०. शून्य सहनशीलता नीति (कठोर प्रतिबद्धता)
भ्रष्टाचार, सामूहिक हत्या वा मानवताविरुद्धको अपराधीलाई आजीवन सदस्यता निषेध गर्नेछ ।
Ethics Committee – अनुशासन र सत्यनिष्ठा सुनिश्चित गर्ने ।

११. राष्ट्रिय सुरक्षा र अर्थनीति
गोर्खा परम्परा पुनर्जागरण – आत्मगौरव र सैनिक शक्ति पुनर्स्थापना ।
महाथिर मोडलबाट प्रेरित पूर्वाधार विकास–एयरपोर्ट, सडक, होटल क्लस्टर, सञ्चार पूर्वाधार ।
उत्तर–दक्षिण ४-६-८ लेन महामार्ग दीर्घकालीन समृद्धिको धमनी ।
विदेशी बैंक र वित्तीय पहुँच नियमनसहित खुला प्रतिस्पर्धा र लगानी प्रवाह ।
सन्तुलित विदेश नीति–भारत, चीन, अमेरिका र पश्चिमसँग व्यवहारिक साझेदारीः राष्ट्रिय स्वार्थ सर्वोपरि ।

१२. युवा र आन्दोलन मान्यता
Gen Z र Alpha लाई निर्णायक ठाउँ नेतृत्व र प्रशिक्षण कार्यक्रम ।
सेप्टेम्बर आन्दोलन–औपचारिक मान्यता, त्यसका मागहरू पार्टी नीतिमा समावेश ।
–नेपाली कांग्रेस वंशवाद–रहित, पारदर्शी, आधुनिक र राष्ट्रिय हितमा अडिग लोकतान्त्रिक पार्टीमा रूपान्तरण हुनेछ ।
– सुरक्षा, अर्थतन्त्र, पूर्वाधार, समावेशिता र पारदर्शिता नै भविष्यको कांग्रेसको स्तम्भ ।
– अबको कांग्रेस – जनतासँग, राष्ट्रको आत्मगौरवसहित ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *