देउवाले आगामी परीक्षा सुम्पिएर जानु भयो : विश्वप्रकाश शर्मा

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीभित्र बहुमत हुँदाहुँदै समयको स्वरलाई सम्बोधन गर्दै कार्यवाहक दिएर गएको बताएका छन् । सभापति देउवाले मंगलबार केन्द्रीय कार्यालय सानेपा आएर केन्द्रीय समितिमा बोल्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
महामन्त्री शर्माले सभापति देउवाले आगामी परीक्षा सुम्पिएर गएको टिप्पणी गरेका हुन् । ‘जेनजी प्रदर्शनको जायज माग सम्बोधन गरिनु पर्छ,’ शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार लेखेका छन्, ‘व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनु पर्छ । बहुमत छँदै थियो छ तर दिनु भयो कार्यवाहक र जानु भयो हामी सबैलाई यिनै शब्द साथ ‘आगामी परीक्षा’ सुम्पिएर समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको