`

प्रचण्ड सचिवालयबाट राजीनामा दिएको गंगा दाहालको घोषणा

Nepal One HD ३ कार्तिक २०८२ १४:२५
माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु । सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ उनी ०७४ मंसिरदेखि प्रचण्डको सचिवालय रहेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *