`

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने नेपाल नर्सिङ सङ्घको माग

Nepal One HD ५ कार्तिक २०८२ १९:४५
जीवनशैली/स्वास्थ्य

काठमाडौँ । नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःदिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो ।

सङ्घका अनुसार नेपाल सरकारले २०८१ साल मङ्सिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन् ।

स्वास्थ्य क्षेत्रमा पाँचाैँ तहको तलबमान रु ३४ हजारसम्म भए पनि आफूहरूले रु १५ हजार तलबमा काम गर्नुपरेको स्वास्थ्यकर्मीहरुले गुनासो गर्दै आएका छन् ।

सङ्घले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *