`

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

Nepal One HD ७ कार्तिक २०८२ १८:२२
समाज

काठमाडौँ । बिर्तामोड नगरपालिका-१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।आज दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा स्थानीय ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको प्रहरीले गरेको छ ।इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *