बेलायतका चर्चित र्यापर गेट्सको गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु
प्रमुख खबर
काठमाडौं । बेलायतको राजधानी लण्डनमा एक चर्चित र्यापरले चलाएको कारले ठक्कर दिँदा घाइते नेपाली युवकको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कारको ठक्करबाट घाइते भएका २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो । उनलाई यही अक्टोबर १८ मा पूर्वी लण्डनको इल्फोर्डको रेडब्रिज लेन इस्टमा कालो अडीले ठक्कर दिएको थियो ।
ब्रिटिस प्रहरीका अनुसार त्यो गाडी ४१ वर्षीय र्यापर गेट्सले चलाएका थिए । आफ्नो गाडीले ठक्कर तामाङलाई ठक्कर दिएपछि उनी भागेका थिए । गेट्सलाई गत सोमबार नै प्रहरीले पक्राउ गरिसकेको छ । हाल हिरासतमा रहेका उनलाई आज बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा दोस्रो पटक उपस्थित गराइँदै छ । स्थानीय प्रहरीका अनुसार नेपालको धरान घर भएका तामाङ विद्यार्थी भिसामा बेलायत आएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
