स्वस्तिका र शिभाली सेमिफाइनलमा
काठमाडौँ – स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिङ्गल्सतर्फ आज सेमिफाइनल प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।
पुरुष सिङ्गल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजङ्गबहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिङ्गल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजङ्ग खत्रीले सत्विक मल्होत्रालाई १०–६ र १०–६ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ ले पन्छ्याउँदै फाइनलमा स्थान पक्का गरे ।
यु–९ गल्र्स सिङ्गल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजङ्ग खत्री विजयी भए ।
यु–१० ब्वाइज सिङ्गल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए ।
यु–१२ ब्वाइज सिङ्गल्समा आरित मल्ल, निधाये राणा, अभिषेक बलयल्कोटी, वेदान्त चालिसे, सभ्यजङ्ग कार्की, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटी सफल भए । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे ।
यु–१६ ब्वाइज सिङ्गल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्ग रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।
