मेयर बालेनले गरे ऐतिहासिक ब्रह्मा मन्दिरको समुदघाटन {तस्वीरहरु}
प्रमुख खबर
काठमाडौँ । छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनर्निर्माण सम्पन्न भई समुद्घाटन गरिएको छ । शुक्रवार मध्यान्ह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।
यो मन्दिर काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । छैटौँ शताब्दीको ऐतिहासिक व्रम्हा मन्दिर अहिले काठमाडौँ महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो । केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनः स्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृत्तमा रहेको थियो ।
हेर्नुस् तस्वीरहरू :


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
