एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु
खेलकुद
काठमाडौँ । एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि छनोट भएको टोलीले प्रशिक्षण र तयारी सुरू गरेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरू भएको हो ।
हालै मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । उनले एक जना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन् ।
नोभेम्बर १३ तारिखमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
