`

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

Nepal One HD २४ कार्तिक २०८२ १८:२१
खेलकुद

काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ ।

यँही कात्तिक २५ गतेदेखि आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय महासचिव सुगम भट्टराईलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

नेपालले पहिलो खेल कात्तिक २६ गते श्रीलङ्कासँग खेल्ने छ । विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङल्याण्ड सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *