`

एभरेस्ट महिला भलिबल लिग : मधेशलाई हराउँदै कर्णाली यशविस फाइनल प्रवेश

Nepal One HD २६ कार्तिक २०८२ २०:०६
खेलकुद

डिफेन्डिङ च्याम्पियन कर्णाली याश्विस महिला भलिबल लिगको फाइनलमा पुगेको छ। लगातार चौथो खेलमा अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिगको फाइनलमा पुगेको हो । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्।

बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३-० को सेटमा पराजित गर्‍यो। कर्णालीले २५-१५, २५-१२ र २५-१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो।

कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्। यसअघि पोखरा भएको प्रतियोगिताका बाँकी खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु भएको हो। बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३-० को सेटमा पराजित गर्‍यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *