`

एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा

Nepal One HD २ मंसिर २०८२ १८:२५
खेलकुद

काठमाडौँ, २ मङ्सिर : काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चौथो अर्धशतक बनाउने मार्टिन गुप्टिल र पाँचौँ अर्धशतक हिर्काउने खेलाडी लोकेश बम भएका छन् । यी दुवै खेलाडी विराटनगर किङ्सका हुन् ।

मार्टिन र लोकेशले आज भएको पोखरा एभेन्जर्सविरूद्धको खेलमा अर्धशतक जोडे । मार्टिनले २८ बलमा अर्धशतक पूरा गरे । ३५ बल खेलेका मार्टिन ६१ रनमा आउट भए ।

यस्तै लोकेश बमले ३७ रनमा अर्धशतक पुर्‍याए । ४७ बलमा ७२ रन बनाएर लोकेश पभेलियन फर्किए । लोकेश र मार्टिनले १४६ रनको ओपनिङ साझेदारीसमेत गरे । यसअघि तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा बनेका थिए ।चितवन राइनोजका अलराउण्डरसमेत रहेका रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *