`

नीतु आत्महत्या प्रकरण : धरौटीमा छुटे बाबुल

Nepal One HD ५ मंसिर २०८२ १२:१०
प्रमुख खबर

काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) तीन लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएका थिए । ‘आफ्नो कतिपय गल्तीका कारण गायिकाले आत्मदाह गर्नु परेको भनी गल्ती स्वीकार गर्नु भएको थियो’, भट्टराईले भने ।

बाबुल र नीतु केही समयदेखि प्रेममा थिए । प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेको जनाइएको छ । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनायो ।

कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल, कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो । पौडेलको निधनपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *