`

‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : नेता डा भीम रावल

Nepal One HD ७ मंसिर २०८२ १८:२७
राजनीति

कैलाली, ७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन आफ्नो पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने बताउनुभएको छ ।

यही मङ्सिर १२ गते धनगढीमा हुने उक्त पार्टीको सन्देश सभाबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा उत्पन्न विषम परिस्थितिबाट राष्ट्रलाई बाहिर ल्याउने आवश्यकता बोध गरी आफूहरू एक ठाउँमा आएको बताउनुभयो ।

नेता रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्याउन पार्टीले सन्देश सभा गर्न लागेको र त्यसको सुरुआत सुदूरपश्चिमबाट हुन लागेको बताउयनुभयो । सन्देश सभाको व्यवस्थापनका लागि यहाँ रावलको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएको छ ।

उक्त समितिले आवश्यक तयारी गरिरहेको त्यस अवसरमा जानकारी दिइयो प्रदेशस्तरी एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्र सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडामा समेत सभाको आयोजना गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *