`

संयोजक दाहालद्वारा उधौलीको शुभकामना

Nepal One HD १८ मंसिर २०८२ ९:१९
प्रमुख खबर

काठमाडौँ, १८ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्र्दै उहाँले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा मनाइने यी चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएका बताउनुभएको छ ।

“सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ । नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्,” सन्देशमा उहाँले भन्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *