`

राष्ट्र बैंकमा अधिकृतदेखि सहायकसम्म ७६ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

Nepal One HD १९ मंसिर २०८२ ७:४८
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जनाका लागि जागिर खुलाएको छ । आज (शुक्रबार) विज्ञापन जारी गर्दै राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ । त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्ने छन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ ।

परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रूपैयाँ र समावेशी समूहबाट पनि आवेदन दिँदा प्रत्येकको थप ४०० रूपैयाँ तोकिएको छ । सहायक द्वितीय श्रेणीका लागि ८०० रूपैयाँ र समावेशी समूहका लागि थप ३०० रूपैयाँ तोकिएको छ ।

हेर्नुस् विज्ञापन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *