`

माछा मार्न गएका ३२ वर्षीय बराम खोलामा मृत फेला

Nepal One HD २ पुष २०८२ १८:३७
समाज

गोरखा, २ पुस : माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा आज दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उहाँको भनाइ छ । उहाँको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *