नेप्सेमा दाेहाेराे अङ्कको गिरावट
अर्थ समाचार
काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो दिन उत्साहमूलक वृद्धि देखिएको बजारमा उत्साह कायम रहन नसक्दा आज परिसूचक १०.५३ अङ्कले घटेर २६२२.८८ विन्दुमा ओर्लिएको हो ।
आज दिनभर कुल ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद–बिक्री भएका छन् ।
यस क्रममा कुल ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ । यो दिन बजारमा करिब पौने ५ अर्बको कारोबार भएको छ, अघिल्लो दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
