`

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि प्राधिकरणको कडाइ, २४९ उपभोक्ता को लाइन काटियो

Nepal One HD १८ पुष २०८२ १८:०८
अर्थ समाचार

विराटनगर, पुष १८ ।नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन वाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिनुभयो ।

प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्त सम्ममा ग्राहकबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत असुल गरेको जनाएको छ ।साथै प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफुले बुझाउनुपर्ने विद्युत महशुल प्राधिकरणलाई बुझाउन आग्रह गरेको छ ।

वितरण केन्द्र प्रमुख राम उदगार शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई अनुरोध बारम्वार गरिएको तर अटेर गरेर विद्युत महशुल नबुझाउने ग्राहकको पहिचान गरि लाइन काट्ने कार्यलाई तिव्रता दिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *