…अनि, गएनन् बालेन रास्वपाको राजनीतिक समायोजन सभामा
रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणसभामा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ सहभागी भएनन् ।
उनलाई समर्थकहरूले ‘बालेन खोइ ?’ भन्दै खोेजेका थिए । उनी घोषणासभामा अनुपस्थित हुनुलाई कतिपयले शंकाको दृष्टिले पनि हेरेका छन् ।
यस्तोमा बालेनका सचिवालयसँग हामीले सम्पर्क गरेका छौँ र ‘बालेन किन घोषणासभामा गएनन् ?’ भनेर सोध्यौँ ।
जवाफमा बालेनको सचिवालयले भन्यो, ‘अहिले महानगर प्रमुखको जिम्मेवारीमा रहेकाले उहाँले पार्टीको सार्वजनिक कार्यक्रममा तत्काल सहभागी नहुने भन्नुभएको छ र सोहीअनुसार उहाँ जानु भएन ।’
घोषणासभामा वरिष्ठ उपसभापति कुलमान घिसिङ पनि अनुपस्थित रहे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
