राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
प्रमुख खबर
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।
दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ ।
यस्तै, दिनको १ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१९ औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
