`

ओलीलाई पत्र लेख्दै पूर्व प्रधानमन्त्रीका छोरा शाहले छाडे एमाले

Nepal One HD ५ माघ २०८२ १३:४३
नेकपा एमाले

बुटवल । पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्व सांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही–३ बाट उम्मेदवार आकांक्षी थिए ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकाले बस्न औचित्य नभएको बताएका छन् । शाहले नौं वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए । पार्टीमा कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा गुनासो गरेका छन् । शाह ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *