`

बालेनको उम्मेदवारी दर्ता, ओली र तामाङद्वयको कहिले ?

Nepal One HD ६ माघ २०८२ १२:२८
निर्वाचन विषेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दर्ता गराएका छन् । उनले झापा–५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्न लागेका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुखबाट राजीनामा दिएर उनी भावी प्रधानमन्त्रीका उम्मेदवार हुँदै निर्वाचनको मैदानमा उत्रिएका हुन् ।

उनले त्यहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

चुनावी मैदानमा नेकपाका उम्मेदवार रञ्जित तामाङ, श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङलगायत पनि छन् । ओली र तामाङद्वयको भने उम्मेदवारी दर्ता हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *