`

जेन–जी अगुवा मनिष खनालले दिए नवलपुर-२मा उम्मेदवारी

Nepal One HD ६ माघ २०८२ २०:३१
निर्वाचन

काठमाडौं । जेन–जी आन्दोलनका अग्रपङ्क्तिमा रहेका युवा नेता तथा अधिवक्ता मनिष खनालले फागुन २१को प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर-२बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल जेन–जी फ्रन्टका संवाद समिति प्रमुखसमेत रहेका खनाल अब प्रत्यक्ष संसदीय राजनीतिमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

नवलपुर क्षेत्र नं. २ का मतदाता खनाल जेन–जी आन्दोलनपछि नीति निर्माण र राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता अपरिहार्य भइसकेको धारणा राख्दै आएका छन्। आन्दोलनका क्रममा राज्य दमन र गैरन्यायिक हत्याका घटनापछि अब सडकमा सीमित नहुने र जनताको म्यान्डेट लिएर सदनमा पुग्नुपर्ने निष्कर्षसहित आफू उम्मेदवार बनेको उनले बताए।

नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरी हाल अधिवक्ताका रूपमा कार्यरत खनालले विघटित प्रतिनिधिसभाका सांसदको स्वकीय सचिवका रूपमा काम गर्दै प्रत्यक्ष संसदीय अभ्यासको अनुभवसमेत हासिल गरेका छन्। जेन–जी आन्दोलनका क्रममा उनले आन्दोलनको दस्तावेजीकरण, मस्यौदा तथा वार्तामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

जेन–जी फ्रन्टका नेताहरूका अनुसार आन्दोलनको स्पष्ट म्यान्डेट, कानूनी ज्ञान र सडकदेखि संसदसम्मको अनुभव भएका कारण खनाल जेन–जी विद्रोहको अर्थपूर्ण प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारका रूपमा अघि आएका हुन्। उनले आफ्नो उम्मेदवारी यो चुनाव व्यक्तिगत आकांक्षा नभई आन्दोलनका शहीद, घाइते र सम्पूर्ण जेन–जी युवाप्रति जिम्मेवारी बोधको परिणाम भएको बताएका छन्। मनिष खनालको उम्मेदवारीलाई जेन–जी आन्दोलनको राजनीतिक यात्रामा महत्वपूर्ण मोडका रूपमा हेरिएको


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *