`

नागरिकको उपचारलाई सहज बनाउन स्वास्थ्य बिमालाई व्यवस्थित गर्न आवश्यक छः स्वास्थ्यमन्त्री गौतम

Nepal One HD १३ माघ २०८२ २१:२५
जीवनशैली/स्वास्थ्य

बागलुङ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ।

आज धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षणपछि उहाँले स्वास्थ्य बिमाले आमनागरिकलाई सहज भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मन्त्री गौतमले सरकारले धेरै प्रकारका औषधि निःशुल्क दिएको तर त्यसको दुरुपयोग र अनावश्यक रूपमा बिमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समस्या भएको धारणा राख्नुभयो । उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

“वास्तवमा यो कार्यक्रमबाट आमनागरिक निकै लाभान्वित भएका छन्, त्यसैले यसको व्यवस्थापन गर्दै निन्तरता दिन आवश्यक छ । त्यसका लागि नागरिक जिम्मेवार बन्ने र तीनै तहका सरकारले लगानी गर्नुपर्छ”, मन्त्री गौतमले भन्नुभयो,“हाल अघिल्लो वर्षको बिमाको रकम भुक्तानी गर्दा यस वर्षको बजेट शून्य भएको हो । यस वर्षसम्म रु ११ अर्ब बिमाको दायित्व भएको छ । त्यसैले थप रकम तिर्न समस्या भएको हो ।”

उहाँले सरकार स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका निरन्तर लागिरहेको भन्दै सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापनका लागि प्रयास भइरहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *