तामाकोशीमा बस दुर्घटना : थप तीनको शव फेला, मृतकको संख्या ९ पुग्यो (भिडियो)
बिशेष
काठमाडौं । तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मृतकको संख्या ९ पुगेको हो ।
उनले बस खसेको स्थानमा खोजी गर्दा थप तीन जनाको शव फेला परेको बताए । त्यसअघि ६ जनाको शव फेला परेको थियो ।
मंगलबार बिहान उक्त बस काठमाडौंबाट ओखलढुंगाको पोकली जाँदै गरेको थियो । रामेछापको मचानेटार भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको थियो । उक्त बस तामाकोशी नदीमा पुरैजसो डुबेको देखिन्छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि रामेछाप सदरमुकाम मन्थली र सिन्धुलीको खुर्कोट पठाइएको छ ।
दुर्घटना भएको बस प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको हो ।
घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली पुगेर खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
