`

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

Nepal One HD ८ फागुन २०८२ १२:५२
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते र पोखरामा फागुन १० गते गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ ।

सभा स्थगित गरिएको सुचना जारी गरे पनि कारण भने खुलाएको छैन । रास्वपा प्रवक्ता प्रतिभा रावलले भैरहवाको सभा स्थगित भएको सूचना दिएकी छिन्, विशेष कारणले सभा स्थगित गरिएको उनले बताएकी छिन् । यस्तै, उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पोखरा सभा स्थगित भएको जानकारी दिएका छन् । संगठनात्मक प्राथमिकता र रणनीतिक व्यवस्थापनका कारण सभा स्थगित गरिएको अर्यालले गल्लेख गरेका छन् ।

गएराति दाङमा रास्वपा समर्थकहरुले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रुपन्देहीको सभा स्थगित भएको अनुमान गरिएको छ ।

रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताहरु रुष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *