`

चुनावपछि संसद् विघटनको मुद्दा टुङ्ग्याउनु ‘म्याद गुज्रिएको औषधिजस्तो’ : ओली (भिडियो)

Nepal One HD ९ फागुन २०८२ १४:२३
निर्वाचन विषेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको किनारा निर्वाचनपछि लगाउने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेका छन् ।

उनले सर्वोच्चको त्यस्तो कदमलाई ‘म्याद गुज्रिएको औषधिजस्तो’ भनेर कडा टिप्पणी गरेका छन् ।

‘सैद्धान्तिक रुपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला । एउटा नजिर त बस्ला,’ उनले शनिबार भने, ‘तर, न्याय अर्थपूर्ण हुनुपर्छ । म्याद गुज्रिएको औषधिजस्तो, म्याद गुजारिएको न्याय डेट एक्सपायर्ड हुन्छ ।’

ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चले निर्वाचनपछि किनारा लगाउने विषयलाई व्यावहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको बताए ।

‘सर्वाेच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोेच्च अदालतबाट फैसला समयमा आउनुपथ्र्यो,’ उनले भने, ‘निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रुपमा अर्थहीन छ । प्रयोजनहीन छ ।’

ओलीले प्रतिनिधि सभा निर्वाचन पनि रास्वपाले भाँड्न खोजेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *