चुनाव नसकुञ्जेल दुर्गा प्रसाईं प्रहरी हिरासतमा
अपराध
काठमाडौं । दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने भएका छन् । उनलाई हिरासतमा राख्न आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको हाे ।
उनी आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेकाे छ ।
उनले निर्वाचनविराेधी अभियान चलाउँदै आएका छन् । निर्वाचन बहिष्कार गरेका उनी र उनकाे समूहले देश सङ्कटमा रहेकाे भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबार प्रवेश गराउने बताउने गरेका छन् ।
उनी ९ दिन हिरासत बसेर यही १३ फागुनमा मात्रै रिहा भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
