विष्णु पौडेललाई भारी मतान्तरले पराजित गर्दै राजनीतिमा उदाए रास्वपाका सुलभ
निर्वाचन विषेश
काठमाडौं । एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल संसद् आउने भएका छन् ।
एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई खरेलले ४२ हजार ६२५ मतान्तरले पराजित गरे । खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याए।
पराजित गर्दै खरेल राष्ट्रिय राजनीतिमा नयाँ तर शक्तिशाली अनुहार हुन्।
रुपन्देहीमा लगातार चार निर्वाचन जितेका पौडेलले दोस्रोपटक हार बेहोरेका हुन्।
२०५६ सालदेखि रुपन्देहीमा चुनाव लडिरहेका पौडेलले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
